८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी

मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाएको बताउनुभएको छ ।

विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरण हुँदै डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’का रूपमा देखापर्न थालेको बताउनुभयो ।

उहाँले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लैजाने, बन्धक बनाउने र जबर्जस्ती अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

महानिरीक्षक कार्कीका अनुसार पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा पीडित भएका ७ सय १० जनामध्ये ६ सय १० जना अर्थात् करिब ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

त्यस्तै, दक्षिणपूर्वी एसिया र भारतबाट उद्धार गरिएका २ हजार ५२ जनाभन्दा बढीमध्ये १ हजार ७ सय ८७ जना अर्थात् ८७ प्रतिशत महिला तथा बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन उद्धृत गर्दै महानिरीक्षक कार्कीले दक्षिण एसियामा मानव बेचबिखनबाट प्रभावित मुलुकमध्ये नेपाल शीर्ष चारभित्र रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय अधिकांश पीडितहरू अनलाइन विज्ञापन तथा डिजिटल सम्पर्कमार्फत अपराधीको जालमा पर्ने गरेको उल्लेख गर्दै स्क्याम सेन्टरबाट सञ्चालन हुने गिरोह पहिचान र नियन्त्रणका लागि साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्न प्रस्ताव अघि बढाइएको जानकारी दिनुभयो ।

“मानव बेचबिखनलाई अब परम्परागत दृष्टिकोणबाट मात्र हेरेर पुग्दैन । यसलाई साइबर अपराध, आर्थिक अपराध र अन्तर्राष्ट्रिय सङ्गठित अपराधको समग्र सन्दर्भमा हेर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

महानिरीक्षक कार्कीले अब अनुसन्धान केवल कसुर र कसुरदार पहिचानमा सीमित नरहने बताउनुभयो । पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत अनुसन्धान गरी क्षतिपूर्तिको मागदाबी अघि बढाइने उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीका क्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियालगायत देशमा पनि प्रहरी सहचारीको आवश्यकता रहेको उहाँले बताउनुभयो ।