१२ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र



अ+ अ-

काठमाडाैँ । सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्रे सडक निर्माण गरिएको छ । त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ । धनुषाको जमुनी नदी, परशुराम तलाउ नजिक अमारी खोला, दूधमती खोला, बलुवा खोला र भुतहा खोलामा पुल निर्माण गरिएको प्रमुख प्रसादले जानकारी दिनुभयो । महोत्तरीको अंकुश खोलामा पनि सो आवमा पुल निर्माण गरिएको छ ।

यसैबीच धनुषा र महोत्तरी जिल्लामा निर्माणाधीन पुल तथा सडक योजना अलपत्र पार्ने ११ निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाले कारबाही अघि बढाएको छ । ती जिल्लामा निर्माणाधीन सडक तथा पुलको निर्माणको ठेक्का लिई समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कम्पनीमाथि कारबाही अघि बढाएको सो कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा निर्माणाधीन केही पुल सीमा सुरक्षासम्बन्धी विषय, केहीमा ठेक्का रद्द, केही अदालती विवाद र सुस्त निर्माणका कारण काम अलपत्र परेका छन् ।

प्रमुख प्रसादका अनुसार जनकपुरधाम–जटही छ लेन सडकमा पर्ने जमुनी खोला, दूधमती खोला र बसही नदीमा निर्माणाधीन तीनवटै पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । कचुरी–नयाँटोल–कटरैत सडकको जल्लाद नदी पुल र दुहबी–हर्साहा सडकको दूधमती नदी पुल उच्च अदालतको आदेशसँग सम्बन्धित विषयका कारण निर्माण रोकिएको प्रमुख प्रसादले बताउनुभयो । पुल निर्माणमा भएको ढिलाइका कारण वर्षायाममा आवागमनमा समस्या, जोखिमपूर्ण यात्रा र आर्थिक गतिविधिमा असर परेको स्थानीयको गुनासो छ । रासस