१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार



अ+ अ-

काठमाडाैँ । दक्षिण चीनको समुन्द्रमा डुबेको भियतनामी जहाज खोइ गुयेन –१८ बाट ४८ जना भियतनामीहरुको उद्धार गरिएको जनाइएको छ । हाल उनीहरु आ–आफ्नो घरमा फर्किरहेकोसमेत स्थानीय दैनिक भ्वाइस अफ भियतनामले भियतनामी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार रिपोर्ट गरेको छ ।

मन्त्रालयको नागरिक सुरक्षा अपडेटका अनुसार सोमबार सम्म खोज र उद्धार कार्यमा कुल ४८ जनालाई उद्धार गरिएको थियो । भियतनामी अधिकारीहरूले उद्धार गरिएको जिवित व्यक्तीहरुलाई चिनियाँ पक्षले उद्धार गरी चिकित्सा सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

भियतनामी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी राखेको रिपोर्ट गरिएको छ । ६२ जना यात्रु बोकेको भियतनामी झण्डा बहाक जहाज खोई गुयेन –१८ दक्षिण चीन सागरको नान्सा टापुहरूको योङ्सु रिफ नजिकैको पानीमा प्रतिकूल मौसमका कारण डुबेको जनाइएको छ । रासस