८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल

जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल
अ+ अ-

काठमाडौँ। जोर्डनका उपप्रधानमन्त्री तथा विदेश एवं आप्रवासी मामिला मन्त्री आयमान सफादी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सोमवार अम्मानमा भेटवार्ता भएको छ ।

जोर्डनको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा पछिल्लो क्षेत्रीय घटनाक्रम र सुरक्षाका चुनौतीहरूबारे गहन छलफल भएको थियो ।

भेटका क्रममा दुवै पक्षले अमेरिका र इरानबीचको युद्धविरामलाई निरन्तरता दिनुपर्ने, तनावको मूल कारण सम्बोधन गर्न वार्ता पुनः शुरु गर्नुपर्ने र स्ट्रेट अफ हर्मुजमा निर्वाध जलयात्रा सुनिश्चित गरिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्यालेस्टाइनी क्षेत्रको तनावपूर्ण अवस्थाबारे चर्चा गर्दै विदेशमन्त्री सफादीले गाजा युद्धविराम योजनाको तत्काल कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

उहाँले मानवीय सहायता सामग्रीको प्रवेशमा इजरायलले लगाएका प्रतिबन्धहरू हटाउनुपर्ने र वेस्ट बैंकमा जारी इजरायली सैन्य कारबाही रोक्न अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, दुवै पक्षले प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत एवं कार्य निकायलाई निरन्तर अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउन आह्वान गरेका छन् ।

शरणार्थीहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्ने यस निकायको कार्यादेशलाई अक्षुण्ण राख्नुपर्ने उनीहरूको निष्कर्ष थियो । छलफलका क्रममा सिरियाको पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको थियो ।

दुवै नेताले सिरियाको एकता, सार्वभौमसत्ता, सुरक्षा र स्थिरताको समर्थन गर्दै त्यहाँ भइरहेका इजरायली आक्रमणहरू अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भेटको अन्त्यमा जोर्डन र संयुक्त राष्ट्रसंघबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय शान्ति एवं स्थिरताका लागि निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल