१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा हट्यो कर्फ्यु



अ+ अ-

काठमाडौँ। सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ।

स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाका अनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो ।

कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।