८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति
अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो ।

प्राधिकरणले यही साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो । आर्थिक ऐन, २०८३ मा विद्युत्मा भ्याट लागू हुने व्यवस्था गरिएको छ ।

आन्तरिक राजस्व कार्यालयले सोमबार नै एक सूचनामार्फत असार मसान्तसम्मको विद्युत् उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको थियो ।

विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट लाग्नेछ । प्राधिकरणले लिने शुल्क विद्युत् सेवाको अङ्ग भएकाले साउन १ पछि हुने खपतमा नियमानुसार भ्याट आकर्षित हने विभागको प्रष्टोक्ति छ ।

प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई बिल पठाएको थियो । त्यसरी बिल पठाइएपछि उपभोक्ताले गुनासो गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले त्यसमा चासो राख्दै समस्या समाधानका लागि पहल गर्नुभएको थियो ।रासस