८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण

दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
अ+ अ-

दाङ। नेपाल पत्रकार महासङ्घ दाङ शाखाले जिल्लामा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्वकेन्द्रीय सदस्य सरद अधिकारी, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेसहित पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।

बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन र आमउपभोक्तालाई सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था मिलाउन विशेष पहल थाल्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ध्यानाकर्षण गराइएको महासङ्घ दाङ शाखाले जनाएको छ ।

सो क्रममा पत्रकारहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न योजनामा काम गरिरहेको बताउनुभयो । उहाँले उक्त विषयमा ग्यास उद्योग र विक्रेताको ध्यानाकर्षण गराइएको, उद्योग वाणिज्य सङ्घ, प्रहरीको युनिटसमेत परिचालन गरी अनुगमन भइरहेको, स्थानीय निकायसँग यस विषयमा छलफल भइरहेको र अभाव हटाउन विशेष रणनीति तयार गरिएको जानकारी दिनुभयो ।

यसैबीच, जिल्लाका कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा तत्काल सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ । सञ्चारकर्मीहरूसँग छलफल गर्दै प्रजिअ पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरूले दाङका बजारहरूमा नियमित अनुगमन र निगरानी गरिरहेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताउनुभयो । सञ्चारकर्मीहरूले पनि यस विषयमा विशेष निगरानी राखी सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यता नेपाल पत्रकार महासङ्घ दाङले सम्पूर्ण सञ्चारकर्मीलाई बजारमा खाना पकाउने ग्यासमा देखापरेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न र कालोबजारी गरेको थाहा पाएमा तत्काल सरोकार भएका निकायमा जानकारी दिन अनुरोध गरेको छ ।

सर्वसाधारणहरू ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चारकर्मीले ग्यासमा देखापरेको कृत्रिम अभाव र कालोबजारीलाई हटाउन प्रभावकारी भूमिका खेल्नुपर्ने पत्रकार महासङ्घले जनाएको छ ।रासस