८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ
अ अ+ अ-

काठमाडाैँ । मोरङमा एक नाबालिकालाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका–३ आमतोलाका १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमनकुमार साह, रंगेली नगरपालिका–७ जर्बी टोलका २० वर्षीय करण मण्डल, रंगेली नगरपालिका–७ का १८ वर्षीय प्रियान्सु साह र रंगेली नगरपालिका–६ का १८ वर्षीय रितिक यादव रहेका छन्।

प्रहरीका अनुसार गत साउन ३ गते बिहान करिब ९ बजे सुनवर्षी नगरपालिकाकी एक नाबालिकालाई सिटी चालक अरमानले ललाइफकाइ रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक सुमनकुमार साहले समेत जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ।

त्यसैगरी, साउन ४ गते राति करिब ९ बजे करण मण्डलले पीडितलाई रंगेली नगरपालिका–७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द ९०एस’ क्याफेमा लगेको र त्यहाँ प्रियान्सु साह तथा रितिक यादवसमेतले सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोप छ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले साउन १० गते दिउँसो करिब ४ः१० बजे पाँचै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।