११ श्रावण २०८३, सोमबार
,
Latest
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौँ। साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो ।

पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ ।

उपत्यकाबाहिरका प्रसिद्ध धार्मिक स्थलहरू जस्तै चितवनको देवघाटधाम, धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको ठूलो सङ्ख्या उपस्थित रहेको छ ।

धार्मिक विश्वासअनुसार साउन महिना शिवको अति प्रिय महिना हो भने सोमवार उहाँको विशेष दिन हो । यस दिन श्रद्धापूर्वक शिवको उपासना गर्दा पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

विशेषगरी महिलाहरूले यस महिनामा हरियो वस्त्र र मेहेन्दी लगाएर व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा रहिआएको छ ।

साउनको सोमवार पारेर बोलबम तीर्थालुहरूले विभिन्न नदी तथा कुण्डबाट शुद्ध जल ल्याई शिवालयहरूमा अर्पण गर्ने कार्य पनि उत्साहका साथ चलिरहेको छ ।– न्युज एजेन्सी नेपाल