८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण

यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण
अ+ अ-

काठमाडौँ। यमनको विद्रोही समूह हुथीले आईतवार उत्तरी प्रान्त अल–जौफमा साउदी अरबद्वारा सञ्चालित एउटा जासुसी ड्रोन खसालेको दाबी गरेको छ ।

यसैबीच, दक्षिणी लाल सागरमा एउटा व्यापारिक जहाज (ट्याङ्कर) लाई लक्षित गरी सुरक्षा आक्रमण भएको रिपोर्ट प्राप्त भएको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अल–जौफको आकाशमा ‘शत्रुतापूर्ण कार्य’ मा संलग्न रहेको उक्त ड्रोनलाई ‘उपयुक्त हतियार’ प्रयोग गरी खसालिएको बताउनुभएको छ । यद्यपि, उहाँले सो कारबाहीबारे थप विस्तृत विवरण भने दिनुभएको छैन ।

यसैगरी, आईतवार नै युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेसनले सामरिक रूपमा महत्वपूर्ण बाब अल–मन्देव जलसन्धि नजिक दक्षिणी लाल सागरमा एक सुरक्षा घटना भएको जनाएको छ ।

एक ट्याङ्कर नजिकै अज्ञात क्षेप्यास्त्र खसेको र जहाज तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको उक्त निकायले उल्लेख गरेको छ । पछिल्लो समय हुथी समूहले साउदी अरबसँग सम्बन्धित जहाजहरूमाथि समुन्द्री प्रतिवन्धको घोषणा गर्दै लाल सागरमा व्यापारिक जहाजहरूमा आक्रमण तिब्र पारेको छ ।

यसको प्रतिक्रियास्वरूप साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी नियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमण शुरु गरेको छ । शनिवार यमनको सरकारी टेलिभिजनले उत्तरी यमनका हुथी सैन्य अखडामा हवाई हमला भएको जानकारी दिएको थियो ।

अर्कोतर्फ, हुथी समूहले साउदी अरबको जिजान र यान्बु क्षेत्रमा रहेका ऊर्जा सुविधाहरूमा मिसाइल र ड्रोनमार्फत समन्वयकारी आक्रमण गरेको दाबी गरेको छ ।

सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी सानालगायत उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको हो ।

सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेपछि यो द्वन्द्व थप चर्किएको थियो ।

सन् २०२२ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामको अवधि सकिए पनि हालसम्म त्यहाँ एक किसिमको नाजुक युद्धविराम कायम छ ।

तर पछिल्ला सैन्य उकासवाजीले क्षेत्रीय सुरक्षा र लाल सागरको महत्त्वपूर्ण व्यापारिक मार्गमा ढुवानीको सुरक्षाप्रति पुनः गम्भीर चिन्ता पैदा गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल