८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित
अ+ अ-

पर्सा। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आजदेखि आकस्मिक सेवा बन्द गभएको हो । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।

अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको भन्दै सेवा बन्द गरेका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राम गम्भीर घाइते हुनुभएको थियो । उहाँको सोही अस्पतालकै सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

यसैबीच, नेपाल चिकित्सक सङ्घले आज विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ । सङ्घले मेडिकल अफिसर डा राममाथि शनिबार बेलुका ४०-५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै उक्त घटनाको भत्र्सना गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको हो ।