८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
अ+ अ-

काठमाडौँ। अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ ।

वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

–कजाखस्तानमा अवतरण–

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् ।

कूल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।

तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।

सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।

यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा जानुभएको थियो ।

राजनीतिक तनावका बाबजुद अन्तरिक्ष सहकार्य जारी

शीतयुद्धका बेला अन्तरिक्ष क्षेत्रमा प्रतिद्वन्द्वी रहेका अमेरिका र रुस धेरै वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सँगै काम गर्दै आएका छन्। सन् २०२२ मा युक्रेन द्वन्द्वपछि दुवै देशका सम्बन्धमा तनाव बढे पनि अन्तरिक्ष सहयोग जारी रह्यो। नासाका अन्तरिक्ष यात्री र रुसी अन्तरीक्ष यात्री नियमित रूपमा अमेरिकी र रुसी अन्तरिक्ष यानमार्फत र्आएसएससम्म आउजाउ गरिरहेका छन्।

सोयुज एमएस–२८ को टिम फर्कनुभन्दा दुई साताअघि, १४ जुलाईमा नासाका अन्तरिक्ष यात्री अनिल मेनन तथा रोस्कोस्मोसका कस्मोनट प्योत्र दुब्रोभ र अन्ना किकिना कजाखस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए। यो टोल िएक्स्पेडिसन–७५ अन्तर्गत अर्को आठ महिनासम्म स्टेशनमा कार्य गर्नेछ ।

नयाँ टोली पुगेपछि नासाकी जेसिका मेयर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष एजेन्सीकी सोफी एडेनोत तथा रुसी यात्री आन्द्रेई फेद्ययेभसँग मिलेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धानको कार्य जारी रहनेछ । रासस