८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन

त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन
फाइल फोटो
अ+ अ-

काठमाडौँ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो ।

हजारभन्दा बढी सदस्य रहेको …MBS !st Sem Section CÚ  नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको PD मात्र पोष्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो ।

परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसलाई सामान्य ढिलासुस्तीमा छाडेनन् । घटना सार्वजनिक हुनासाथ उहाँको ‘र्यापिड एक्सन’ (तत्काल कदम)कै कारण २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।

यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भयो । ग्रुपमा ‘सुलब सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए । परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो ।

प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गर्नुभयो । उहाँले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोलाई २४सै घण्टा परिचालन गर्न निर्देशन दिनुभयो ।

मन्त्री पोखरेलको निर्देशन र ‘जिरो टोलरेन्स’ नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्यो। नतिजास्वरुप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलब सर’सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

शिक्षामन्त्री पोखरेल भन्नुहुन्छ, ‘शैक्षिक अपराधमा कसैलाई छुट छैन’ 

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभयो । उहाँले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने विश्वविद्यालयका आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरिने र दोषी पाइए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

त्रिविद्वारा छानबिन समिति गठन

यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि शिक्षामन्त्री पोखरेलको निर्देशनमा घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले परीक्षा केन्द्रको सुरक्षा चुस्तता, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

विगतमा विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिँदा वा परीक्षामा धाँधली हुँदा छानबिन समितिमै कुरा अल्झिने र दोषी उम्किने परिपाटी थियो । यसपटक शिक्षामन्त्री पोखरेलको सक्रियता र प्रहरीको द्रुत कारबाहीले शैक्षिक क्षेत्रमा एउटा सकारात्मक र बलियो सन्देश दिएको छ शैक्षिक अपराधमा अब कानुनले कुनै मोलाहिजा गर्ने छैन । चौबिस घण्टाभित्रै आरोपित पक्राउ पर्नुले सरकार र शिक्षा मन्त्रालय शैक्षिक सुधार र सुशासनप्रति कतिको गम्भीर छ भन्ने कुराको पुष्टि गरेको छ । रासस