३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ

परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ
अ+ अ-

काठमाडौँ, ६ साउनः सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनजस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरेको छ ।

यसमा सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोे, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सिर्जना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताका रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने उल्लेख छ ।

जनताद्वारा गरिने शासनलाई लोकतान्त्रिक शासन भनिन्छ । विश्व बैंकले सुशासनका विशेषताको आयाममा सहभागिता, पादर्शीता, जवाफदेहिता, प्रभावकारिता, कानुनी शासन, भ्रष्टाचाररहितता, समावेशीकरण, प्रभावकारिता, दक्षता र संवेदनशीलतालाई लिने गर्दछ । बैंकका अनुसार सुशासन भनेको कुनै पनि देशमा अधिकार प्राप्त निकायलाई शासन सञ्चालन गर्ने अधिकार दिइएको हुन्छ । यसमा सरकारहरूले नीतिहरू प्रभावकारी रूपमा तर्जुमा र कार्यान्वयन गर्ने, सरकारको क्षमतालाई छान्ने, अनुगमन गर्ने, प्रतिस्थापना गर्ने प्रक्रिया र उनीहरूबीच आर्थिक एवं सामाजिक अन्तरक्रिया गर्ने, संस्थाका लागि नागरिक तथा राज्यको सम्मान समावेश गरिएको हुन्छ ।

वर्तमान विश्वमा सूचना प्रविधिको विकाससँगै डिजिटल गभर्नेन्स वा इ–गभर्नेन्स सुशासनको सबैभन्दा प्रभावकारी अस्त्रका रूपमा रहेको छ । वर्तमान सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा इ–गेटदेखि इ–पासपोर्टसम्मको कुरालाई प्राथमिकता दिएको छ । बजेटमा पनि सुशासनलाई महत्व दिइएको छ । यसका लागि सरकारसँगै कर्मचारी संयन्त्रको ठूलो भूमिका हुन्छ ।

सुशासन यस्तो आधारशीला हो, जसलाई टेकेर समृद्धि र जनताको अपेक्षा पूरा गर्न सकिन्छ । प्रजातन्त्रमा जनताको स्वर नीति निर्माण तहमा पुग्नुपर्छ । अनि मात्रै कानुनी राज्यको प्रत्याभूति लागू हुन्छ । भोट राजनीति हाबी भएका कारण चुनावका बेला मात्रै जनतालाई सम्झने परिपाटीले सुशासनको धरातल कमजोर बनेको थियो । लामो समय देश राजनीतिक अस्थिरता, अनिश्चितता, भ्रष्टाचार, कुशासन, हिंसात्मक द्वन्द्वबाट पार हुँदै आजको ठाउँमा आइपुगेको हो । सोही कारण आमनागरिकको खुसीको स्तर अझसम्म पनि बढ्न सकेको देखिँदैन ।

त्यसैले वर्तमान सरकराले आफ्नो चुनावी वाचापत्र, सरकार गठनपछिको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची, नीति तथा कार्यक्रम र बजेटमा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको छ । शासकीय सुधारसम्बन्धी कार्यसूचीमा राजनीतिक हस्तक्षेपमुक्त सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष र नागरिकप्रति उत्तरदायी बनाउने उल्लेख छ । बजेटमा पनि सार्वजनिक सेवा प्रवाह आधारभूत रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनजस्ता नागरिक सेवासँग जोडिएको प्रणालीको सुदृढीकरण गर्ने उल्लेख छ । त्यसैले अहिले आम जनताको खोजी भनेकै सुशासन रहेको हो ।

सरकारले सय दिनमा सुधारका धेरै कार्य गरिसकेको छ । लाइसेन्स छपाई, राहदानी वितरण, यातायात तथा मालपोतमा हुने सेवा प्रवाहलाई चुस्त बनाएको छ । विद्युतीय कारोबारलाई सबै सरकारी सेवामा लागू गरिसकिएको छ । सरकारबाट भएका कार्यले केही न केही रूपमा आम नागरिकले राहत महसुस गर्न थालिसकेका छन् तर यी सबै कुराबाट अहिले नै शासन सञ्चालनको शैली कस्तो छ र सुधारप्रतिको राजनीतिक इच्छाशक्तिको मूल्याङ्कन गर्न सकिँदैन । लामो समयदेखि थाती रहेको आर्थिक, प्रशासनिक र राजनीतिक समस्याको समाधान सय दिनमै पूर्ण रूपमा लागू नहुने हुँदा यसमा अझै पनि धैर्यताकोे खाँचो छ ।

सरकारको पहिलो सय दिनलाई कार्यसम्पादनको महत्वपूर्ण मापदण्डका रूपमा स्थापित गर्ने श्रेय अमेरिकाको पूर्वराष्ट्रपति फ्रयाङ्लिन डी रुजबेल्टलाई दिइने गरिएको छ । सरकारका सय दिन हेर्ने अभ्यास उहाँको पालाबाट सुरु भएको मान्ने गरिएको छ । सन् १९३३ को महामन्दीमा उहाँले पहिलो सय दिनमै तीव्र गतिमा कानुनी र प्रशासनिक सुधार अघि बढाउनुभएको थियो । ती दिनमा उहाँले बैंकिङ प्रणाली सुधार गरे भने बेरोजगारी न्यूनीकरणका कार्यक्रम सुरु गर्नुभएको थियो । योसँगै कृषि र उद्योगलाई राहत दिने कानुन, सार्वजनिक निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएर आर्थिक दृटिकोणले देशलाई बलियो बनाउन ठूलो भूमिका खेल्नुभएको थियो । यो नै सरकारकोे पहिलो सय दिनको मापन गर्ने मानकका रूपमा विकास भयो । तर हामीकहाँ अमेरिकामा भएजस्तो व्यापार सुधार नभए पनि अनुभूत गर्ने सुधारका कार्यहरू भने भएका छन् ।

आर्थिक सुशासन पुस्तकका लेखक डा उदय रानामगरले सार्वजनिक सरोकारका विषयहरूमा सरकार वा सरकारी संयन्त्रबाट प्रवाह गरिने सेवा नै सार्वजनिक सेवा भएको उल्लेख गर्नुभएको छ । उहाँले सेवा वितरणमा सार्वजनिक क्षेत्र वा सरकारी निकायको अग्रणी भूमिका रहने, सार्वजनिक सेवाको वितरण प्रभावकारी र जनताको चाहनाअनुसार हुनुपर्ने, कम गुनासो आउने गरी प्रभावकारी रूपमा सेवा प्रवाहको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि सार्वजनिक पदाधिकारीमा ज्ञानको साझेदारी गर्ने संस्कार भएमा मात्रै सेवा प्रवाहमा बढोत्तरी हुन्छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने काम सरकारको प्रमुख कार्यमा पर्दछ । सार्वजनिक सेवाको अन्तिम लक्ष्य भनेको सेवाग्राहीको आवश्यकताअनुसार गुणस्तरीय ढङ्गले सेवा प्रदान गर्नु हो । सरकारको प्रभावकारिता प्रदान गरिने सेवाको गुणस्तर र सेवाग्राहीको सन्तुष्टिमा भर पर्दछ । सार्वजनिक प्रशासन समग्र राजनीतिक प्रणालीको एक हिस्सा भएको हुँदा यसमा सामाजिक, राजनीतिक, आर्थिक, आन्तरिक, बाह्य सबै सन्दर्भहरूको प्रभाव रहेको छ । सरकारको प्रमुख भूमिका नागरिकहरूको शासन, कानुन र मापदण्ड निर्माण र व्यवस्थापन गर्नु हो । सरकारले गर्ने काममा समाजमा सुरक्षा व्यवस्था, कानुनी तवरले समानता, शिक्षा, स्वास्थ्य सेवा, सामाजिक कल्याण, आर्थिक स्रोतको प्रबन्ध, प्रविधिको विकास, पर्यावरणीय संरक्षणजस्ता कार्यहरू पर्दछ ।

सार्वजनिक प्रशासनले सार्वजनिक स्रोत र सेवाको व्यवस्थापनमार्फत सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयनलाई बुझाउँछ । यसले सार्वजनिक नीतिको कार्यान्वयन गर्दछ । विज्ञहरूले कानुनको विस्तृत र व्यवस्थित कार्यान्वयनलाई सार्वजनिक प्रशासन भन्ने गरेका छन् । सार्वजनिक प्रशासनलाई सार्वजनिक मामिलाको व्यवस्थापन पनि भन्ने गरिन्छ । सार्वजनिक निकायहरूको प्रभावकारी सञ्चालनमा सङ्गठनात्मक संरचना, कार्य र प्रक्रियाको महत्वलाई प्राथमिकता दिइन्छ ।

सरकारी कार्यालयको ढिलासुस्ती, निर्णय प्रक्रियाको जटिलता र अस्पष्टताका कारण सार्वजनिक सेवा प्राप्त गर्न अनावश्यक झन्झट, राजनीतिक हस्तक्षेप तथा कर्मचारी संयन्त्रमा देखिएको जवाफदेहिताको अभावलाई हटाउनसके मात्रै अशल शासनको कल्पना गर्न सकिन्छ । सरकार फेरिए पनि शासन फेरिँदैन भन्ने धारणा समाजमा गहिरो रूपमा स्थापित भएको कारण विगत लामो समयदेखि सरकार परिवर्तन हुँदा पनि नीति, नियम परिवर्तन हुन सकेनन् । सरकार बदलिए पनि सेवा प्रवाहको शैली, प्रशासनिक संस्कार र संस्थागत कार्यसम्पादनमा अपेक्षित परिवर्तन नआउँदा नागरिकमा देखिएको निराशालाई अब सदाको लागि अन्त्य गर्नुपर्ने समय आएको छ ।

सरकार परिवर्तनको अर्थ केबल सत्ताको नेतृत्व लिने अनुहार परिवर्तन हुनुलाई मात्रै बुझाउँदैन । बरु यसले राज्य सञ्चालनको सोच, कार्यशैली र राजनीतिक संस्कारमा आउने परिवर्तनलाई उजागर गर्न सक्नुपर्छ । त्यसैले उत्पादन विस्तार, रोजगारी सिर्जना, निजी तथा सार्वजनिक लगानीको वृद्धि, उद्यमशीलताको प्रवर्द्धन र युवाले देशभित्रै भविष्य देख्ने वातावरण निर्माणजस्ता सूचकमा आम नागरिकले स्पष्ट सुधारको खाका खोजिरहेका छन् । यिनै कारणले सुशासनको बहस प्रशासनिक सुधारमा मात्र सीमित नराखी नागरिकको जीवनस्तर, आर्थिक अवसर र सार्वजनिक सेवाको गुणस्तरमा पनि कार्यान्वयन गर्नुपर्ने देखिएको छ । आमनागरिकले सरकारले दिने सेवा सहज रूपमा प्राप्त गर्न थालेमा, व्यवसाय सञ्चालनमा देखिँदै आएको अवरोध हटेमा, रोजगारीका अवसर बढेमा, आन्तरिक र बाह्य आर्थिक सूचकाङ्कमा सुधार देखेमा मात्रै सुशासन र असल शासनको प्रत्याभूति महसुस गर्न सक्नेछन् ।रासस