अ
अ+
अ-
काठमाडाैँ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बुधबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा २०८२ साउन २० गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित प्रदेश सरकारलाई एमालेले समर्थन दिएको थियो।
एमाले संसदीय दलको निर्णयअनुसार २०८३ साउन ६ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिइएको पत्रमा उल्लेख छ। समर्थन फिर्ता लिएसँगै संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आकर्षित हुनेछ ।
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार १३:१८
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार १३:१८
६ श्रावण २०८३, बुधबार १३:१८










