५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आज प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता थियो ।

यही साउन १ गतेदेखि नयाँ आर्थिक सुरु भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो ।रासस