२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स



अ+ अ-

ब्रसेल्स। क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ ।

यस धुवाँले फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली सङ्घको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले शुक्रबार बताएको छ ।

क्याम्सले जनाएअनुसार जङ्गली आगोको धुवाँले न्यूयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका शहरहरूमा हावाको गुणस्तर अत्यन्त खराब बनाएको चेतावनी जारी गरिसकेको छ । न्यू जर्सीमा आगामी आइतबार विश्वकप फाइनलको आयोजना हुँदैछ ।

क्याम्सले जुनको अन्त्यदेखि क्यानडामा तीव्र रूपमा बढ्दो डढेलोको मौसमलाई निगरानी गरिरहेको छ । जुलाई १३ मा उत्तर–पश्चिमी ओन्टारियोमा करिब ५०० किलोमिटर लामो क्षेत्रमा फैलिएको डढेलो यो वर्षको हालसम्मकै उच्च क्षेत्रमा फैलिएको डढेलो हो ।

क्याम्सका अनुसार यी विभिन्न स्थानका डढेलोले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक धुलो र धुवाँको कण (पिएम २.५) र अन्य विषाक्त पदार्थहरूको मात्रा बढाइरहेका छन् ।

क्याम्सका वरिष्ठ वैज्ञानिक मार्क पारिङटनले भन्नुभयो, “हाम्रो पूर्वानुमानले धुवाँ उत्तर अटलान्टिक पार गर्दै पूर्वतिर सर्दै गएको देखाउँछ र युरोपतिर पनि पुग्न सक्छ। यसले डढेलोले कसरी हजारौँ किलोमिटर टाढासम्म हावाको गुणस्तर प्रभावित पार्न सक्छ भन्ने देखाउँछ।”

धुवाँको मुस्लो आर्कटिक महासागर र क्यानडाका अन्य भागहरूमा पनि फैलिरहेको पारिङटनले बताउनुभयो । (रासस/सिन्ह्वा)