३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

सांसदलाई स्वकीय, मन्त्रीलाई सल्लाहकारः पुरानाकै बाटोमा नयाँ सरकार

सांसदलाई स्वकीय, मन्त्रीलाई सल्लाहकारः पुरानाकै बाटोमा नयाँ सरकार
अ+ अ-

काठमाडौँ । काठमाडौँमा हिजोदेखि सार्वजनिक भएको एउटा समाचारले आज खुबै चर्चा पायो । मुख्य मिडिया, सोसियल मिडिया या चियाचर्चामा त्यो विषयको चर्चा बिहीबार निकै चल्यो । त्यो विषय हो सांसदहरुले स्वकीय सचिव राख्न पाउने विषय ।

त्यसो त अघिल्लो हप्ता पनि यही प्रकृतिको समाचारले चर्चा पाएको थियो । त्यो चर्चाको विषय थियो मन्त्रीहरुले पाएको सल्लाहकारको । एकजना मन्त्रीले पाँच जना सल्लाहकार पाउने र त्यो पनि सचिव सरहरको सुविधा दिने गरी ।

यो जेनजी सरकार हो र यसले अघि सारेको सिद्धान्त भनेको सुशासन र मितव्ययिता हो । सरकार बने यताका कतिपय लक्षणहरु सुशासन केन्द्रित देखिएका पनि थिए । मन्त्रालयको संख्या घटाउने देखि कतिपय सुशासन केन्द्रित कामहरु अघि सारेका पनि थिए ।

त्यसैबमोजिम सुरुमा सांसदहरुले स्वकीय सचिव नराख्ने, मन्त्रीहरुले सरकारी बाहेकका सल्लाहकारहरु नराख्ने, मन्त्री र सांसदका सचिवालय आदिका फजुल खर्च रोक्ने भन्ने जस्तो कतिपय कामहरु अघि सारेर आसा जगाउने काम पनि गरेका थिए ।

तर, अहिले एकाएक परिस्थिति फेरिएको छ । यहाँसम्म कि अघिल्लो सरकारले खारेज गरेका फजुल खर्चवाला कतिपय कामहरु पनि यो सरकारले पुनस्र्थापना गरेको छ । त्यही पुनस्र्थापनाको एक उदाहरण हो सांसदहरुको स्वकीय सचिवको सुविधा ।

पहिलेका सरकारको सबैभन्दा आलोचित कार्यक्रम हो यो । कैयौँ दैनिक अखबारहरु र मुख्य अनलाइनहरुमा यो समाचारले खुबै चर्चा पाउँथ्यो । चर्चा यसरी पाउँथ्यो कि सांसदहरुले स्वकीय सचिव राख्ने व्यक्ति उनीहरुका आफन्त नै हुने गर्दथे र उपसचिव र सरहरका सुविधा खाने गर्दथे ।

सूचनाको हक प्रयोग गरेर प्रकाशन गरिएको कतिपय स्टोरीहरुले यसरी खुलासा गरेका थिए कि कतिपय सांसदहरुले स्वकीय सचिव राखेका व्यक्तिले नेपाल सरकारको उपसचिवहरुको सुविधान लिने गर्दथे तर तिनीहरुमध्येका कति त एसइइ पनि पास नगरेका थिए ।

त्यसपछि सो कार्यक्रम जनताका नजरमा निकै नै आलोचित बन्यो र खारेज नै गर्नुपर्ने माग पनि उड्यो । तर, अघिल्ला सरकारले के गर्थे, गरेनन् । त्यही कारणले नै निर्वाचन अघिको सुशीला कार्कीको सरकारले त्यो सुविधा खारेज गरिदिएको थियो ।

तर, यो सरकारले आफू आएको सय दिन पनि नपुग्दै पुनः त्यो कार्यक्रमलाई ब्युँताएरै छोड्यो । अब सबै सांसदहरुले आफ्ना स्वीकय सचिव राख्न पाउने भएका छन् । र, तिनीहरुले नेपाल सरकारको शाखा अधिकृत सरहको सुविधा पनि पाउने भएका छन् ।

त्यस्तै अघिल्लो हप्ता चर्चा पाएको अर्को एक समाचार अनुसार सबै मन्त्रीहरुले आफ्नो सचिवालयमा पाँच जना राख्न पाउने र सचिव सरहको सुविधा पाउने गरी सल्लाहकार पनि राख्न पाउने भएका छन् ।

सांसदहरूले फेरि स्वकीय सचिव राख्न पाउने अधिकारको निर्णय सरकारले दुई दिनअघि मात्र गरेको थियो । संघीय संसद्‍का सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा फेरि ब्युत्याएको प्रति जनताले मिडियामार्फत् पुनः चासो व्यक्त गरेका छन् ।

जेनजी आन्दोलपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर सांसदहरुको स्वकीय सचिव सुविधा कटौती गरेको थियो ।

बुधबारै बसेको मन्त्रिपरिषदको बैठकले उक्त संशोधनलाई फेरि संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संघीय संसदका सांसदहरुले अधिकृत तहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव पाउँथे ।

अहिले फेरि सोही निर्णयको पुनरावृत्ति भएको छ । फागुनमा सम्पन्न चुनावपछि रास्वपाका सांसदहरुले नै सबैभन्दा बढी स्वकीयको माग गर्दै आएका थिए । अब सरकारले ती सांसदहरुको मागलाई सदर गरिदिएको छ ।

यो निर्णय बाहिरिएपछि भने जनताले आक्रोस व्यक्त गरेका छन् । त्यसो भए त पुरानै सरकार थियो, पुरानै पार्टीहरु थिए नि । किन यो नयाँ पार्टी र जेनजी सरकारको नाटक गर्नुपरेको थियो र ? किन सुशासनको नारा फलाक्नुपरेको थियो र ?

यसैमा जनताले थपेका छन् कि अब नयाँ भन्ने नै रहेन । न व्यवहार र नत सुशासनमै पुराना र नयाँबीच फरक देखिन थाल्यो । यस्तै यस्तै प्रतिक्रिया जनताबाटै आउन थालेको छ । यसैलाई जनताले नयाँ र पुरानाबीचको फरक छुट्याउनु भनेर चित्र बनाएरै प्रचार गर्ने र सोसिलय मिडियामा राख्ने गरिरहेका छन् ।