३२ असार २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन, न्युनतम पारिश्रमिक वैज्ञानिक बनाइने भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४… सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच समसामयिक राजनीतिक विषयमा छलफल वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेह सिंह थारुको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेसिंह थारुको निधन भएको छ।

थारुको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी नेपालगन्जका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए।

श्रद्धाञ्जली सन्देशमा दिवंगत थारुको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, उनका सुपुत्र राप्रपा युवा नेता तारक सिंह थारु, छोरी शिवानी सिंह थारु तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

फत्तेह सिंह थारुले लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याएका थिए।