३० असार २०८३, मंगलवार
,
Latest
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ



अ+ अ-

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताउनुभएको छ ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आज यहाँ आयोजित समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता कार्यक्रममा उहाँले हालको समस्या समाधान भएपछि नयाँ समिति गठन गरी हस्तान्तरण गर्न सकिने बताउनुभएको हो।

सहकारीमा बचत गरेका सबैको बचतको सुरक्षा गर्ने कार्यमा ध्यान दिइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्छौँ, ऋणीको समस्या सुन्छौँ, ऋण तिर्ने वातावरण तयार हुनुपर्छ, यसका लागि राज्य कठोर हुन्छ ।”

उहाँले महिलाले सञ्चालन गरेका सहकारी, कृषि सहकारी, केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “मन र बचनले जनताको हितमा काम गर्ने हो, बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही हुन्छ, ऋण उठ्ने आधारमा प्रभावकारी कदम चालिन्छ, पैसा तिर्ने मनस्थिति बनाउने ऋणीहरूलाई सहयोग गर्न तत्पर छौँ ।”

त्यस अवसरमा उहाँले पाँच वटा समस्याग्रस्त सहकारीको १० हजारदेखि ५० हजारसम्म फिर्ता गरेर आशा जगाउने प्रयास गरेको बताउनुभयो । रासस