२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको काँग्रेस सांसद गुरुङको आरोप



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले  गाडी पार्क गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यलाई जवाफदेही बनाउने तथा नागरिकका आवाज सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि सरकारले शंकास्पद निगरानी राख्न खोजेको भन्दै त्यसको घोर निन्दा गर्नुभयो । उहाँले मिडिया हाउस अगाडि गाडी पार्क गरेको विषयमा सत्यतथ्य बाहिर ल्याउन समेत समितिमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिडिया हाउसको अगाडि अहिले सरकारले निगरानी राख्नका निम्ति शंकास्पद रुपमा त्यहाँ गाडीहरु खडा गरिएको भनेर मैले न्युजमा देखेको छु । धेरै जनाबाट मैले यो जानकारी पनि पाएको छु । यसको वास्तविकता के हो ? राज्यलाई जवाफदेही बनाउन खोज्दा र जसरी सडकमा उठेका नागरिकहरुको आवाजलाई चाहिँ आम नागरिकको सामु ल्याउन खोज्दाखेरि यसरी मिडिया हाउसमाथि चाहिँ निगरानी राख्न जुन राज्यले खोजेको छ म यसको चाहिँ घोर निन्दा गर्दछु । यसको सत्यतथ्य के हो ? किन आज मिडिया हाउसको अगाडि राज्यले त्यसरी गाडीहरु पठाइरहेको छ, एक किसिमको निगरानी गरिरहेको छ, यो विषयमा चाहिँ समितिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सोमवार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेस्र्याएर आवागमन प्रभावित बनाइएको थियो । यस घटनालाई घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रुपमा विश्लेषण भइरहेको छ । –न्युज एजेन्सी नेपाल