२९ असार २०८३, सोमबार
,
Latest
सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजानुपर्दछः मन्त्री पुन ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ प्रभावकारी कार्यान्वयनबारे सरकार–आइएलओबीच छलफल दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता प्रेसमाथि त्रास फैलाउने गतिविधिको रास्वपाद्वारा भर्त्सना, तत्काल अनुसन्धानको माग उपभोक्ता अधिकारसम्बन्धी गम्भीर मुद्दा अदालतमा पुग्नै सकेनन्ः अध्यक्ष भट्ट कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता



अ+ अ-

काठमाडाैँ । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।

सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ । महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।” गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।




भर्खरै