१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परिक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएका थिए।

नतिजा अनुसार एसईई पूरक परिक्षामा एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।