२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण



अ+ अ-

काठमाडौं । लिटिल एन्जल्स व्यवस्थापन कलेजका प्राचार्य डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ पुस्तक बिहीबार ललितपुरस्थित एलए स्कुल परिसरको सभाहलमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।

समारोहका प्रमुख अतिथि एलए शिक्षा समूहका संस्थापक उमेश श्रेष्ठ रहेका थिए भने पेन अन्तर्राष्ट्रिय नेपाल शाखाका अध्यक्ष भीष्म उप्रेतीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा एलएका वित्त प्रमुख राजेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अनुसन्धानमूलक शैक्षिक प्रकाशनले नेपालको उच्च शिक्षामा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथिका रूपमा अवकाशप्राप्त पूर्व लेफ्टिनेन्ट जनरल पी.बी. लिम्बु सहभागी थिए। पुस्तकमाथि पत्रकार तथा अध्येता सुजना घिमिरेले समीक्षा प्रस्तुत गर्दै यसले भावनात्मक बौद्धिकताको महत्वलाई उच्च शिक्षा व्यवस्थापनसँग प्रभावकारी रूपमा जोडेको बताइन्।

काठमाडौं विश्वविद्यालय व्यवस्थापन अध्ययन विद्यालयकी सहायक डिन तथा सहप्राध्यापक डा. रोशी लामिछानेले भावनात्मक बौद्धिकता आजको नेतृत्व विकासको अपरिहार्य आधार बनेको उल्लेख गरिन्। त्यस्तै, काठमाडौं विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक तथा पूर्व डिन प्राध्यापक डा. पन्ना थापाले पुस्तकले अनुसन्धान, सिद्धान्त र व्यवहारलाई प्रभावकारी रूपमा समेटेको भन्दै यसलाई उच्च शिक्षाका नेतृत्वकर्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको संज्ञा दिए।

लेखक डा. पौडेलले आफ्नो लेखन यात्राका अनुभव सुनाउँदै भावनात्मक बौद्धिकतालाई गहिराइमा बुझ्ने उद्देश्यले पुस्तक तयार पारेको बताए। प्रमुख अतिथि उमेश श्रेष्ठले कृत्रिम बौद्धिकताको युगमा पनि मानवीय संवेदनशीलता, सहानुभूति र भावनात्मक नेतृत्वको महत्व झन् बढेको धारणा व्यक्त गरे।

अध्यक्षीय मन्तव्यमा भीष्म उप्रेतीले पुस्तकको प्रकाशन पेन अन्तर्राष्ट्रिय नेपाल शाखाका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले शिक्षा, अनुसन्धान तथा संस्थागत व्यवस्थापनमा नयाँ बहसको थालनी गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन एलए स्कुलका प्राचार्य मुकुन्दराज शर्माले गरेका थिए। समारोहमा शिक्षा, साहित्य, सञ्चार, अनुसन्धान, सार्वजनिक सेवा तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




भर्खरै