२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खाडी क्षेत्रमा पुनः शुरु भएको सैन्य मुठभेडप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय विकसित घटनाक्रमले इरान र अमेरिकाबीच भइरहेको कूटनीतिक प्रगतिलाई धरापमा पार्न सक्ने भन्दै उहाँले सचेत गराउनुभएको हो ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा महासचिवको तर्फबाट उक्त चासो व्यक्त गर्नुभएको हो ।

प्रवक्ता दुजारिकका अनुसार पछिल्लो २४ घण्टामा देखिएका सैन्य गतिविधिहरूले दुई देशबीचको कूटनीतिक संवादमा गम्भीर अवरोध सिर्जना गर्ने जोखिम बढाएको छ ।

महासचिव गुटेरेसले संवद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनाव बढाउने कुनैपनि थप क्रियाकलापबाट टाढै रहन र परिस्थितिलाई सामान्य बनाउन तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ ।

यसका साथै उहाँले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न, सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न तथा जलयात्राको अधिकार र स्वतन्त्रताको सम्मान गर्न समेत सबै पक्षलाई स्मरण गराउनुभएको छ ।

महासचिवले इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्किन र कुटनीतिक माध्यमबाट थाती रहेका विवादित विषयहरूलाई सम्बोधन गर्न जोडदार आग्रह गर्नुभएको छ ।

सम्भावित द्वन्द्व रोक्न, स्थिरता कायम गर्न र यस समस्याको दिगो तथा व्यापक समाधानका लागि गरिने हरेक प्रयासमा सहयोग पु¥याउन संयुक्त राष्ट्रसंघ प्रतिबद्ध रहेको प्रवक्ताले स्पष्ट पार्नुभएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल