६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाको लापरवाहीका कारण वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता



अ+ अ-

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् ।

जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि वडा ९ सम्मको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने गरे पनि नगरपालिका कार्यकारी अधिकृतको सरुवा भएको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिएका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका छन् ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताउनुभयो । उहाँले खाता सञ्चालन हुनेबित्तिकै पहिला सामाजिक सुरक्षाभत्ता र शिक्षकहरुको तलब निकासा गरे पनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण समयमै समाजिक सुरक्षाभत्ता पठाउन नसकेको बताउनुभयो । नारायण नगरपालिका दैखलेले असोज १३ गते मात्र एनएमबी बैंकलाई सामाजिक सुरक्षाभत्ता निकासाको चेक दिएको बैंकका जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताउनुभयो ।

दशैँअगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा नगरपालिका रहे पनि विविध कारणले ढिला भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालले बताउनुभयो । उहाँले नारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको एनएमबी बैंकबाट भत्ता विरतण गरेको र अन्य १० र ११ वडाका ज्येष्ठ नागरिक एकल महिला, बालबालिकाको भत्ता वडाका सचिवमार्फत वितरण गरेको बताउनुभयो ।