२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ ।

आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गर्नुभएको हो ।

सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गर्नु भएको थियो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगका सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो ।

गत असार १ गते आव २०८३÷८४ को बजेट प्रस्तुत भएपछि आज बसेको बैठकमा बजेट टेबल भएपछि अब बाँकी प्रक्रिया अगाडि बढ्ने छन् । प्रदेश सरकारले आगामी आवका लागि रु ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार विनियोजन गरेको छ । बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको छ ।

यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आव २०८२÷८३ को विनियोजनबाट बचत हुने रु नौ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त हुने रु छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रु ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।

उक्त बजेट प्रस्तुत भएपछि सत्तासाझेदार दलहरूबीच नै मतभेद भएपछि २२ दिनपछि बाँकी प्रक्रिया अगाडि बढेको हो । अब अर्को बैठकमा बजेटसम्बन्धी छलफल अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराउनुभयो ।