२२ असार २०८३, सोमबार
,
Latest
उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान



अ+ अ-

काठमाडाैँ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले बेलौरी, कलकता र गोकुलपुर बजारमा तीन वटा फायर हाइड्रेन्ट जडान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा प्रतिहाइड्रेन्ट रु ७५ हजारको लागतमा फायर हाइड्रेन्ट जडान गरिएको हो । सो हाइड्रेन्टको परीक्षण सेवा सञ्चालन भइसकेको छ ।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेले “फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकाले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ ।” भन्नुभयो ।

गोकुलपुरका स्थानीय रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।




भर्खरै