२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम



अ+ अ-

संयुक्त राज्य अमेरिका। गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबार आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन् । आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्नसक्ने बताइएको छ ।

बावी नाम दिइएको अत्यन्त्यै वेगसहितको आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १०ः०० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ । यसको हावाको गति २६० किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ । यो गति पाँचौँ तहको चक्रवात (हुरिकेन) को बराबर हो ।

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस)ले आँधीलाई ‘अत्यन्त खतरनाक’ भनेको छ र आइतबार दिउँसो वा साँझदेखि उष्णकटिबन्धीय हावाको लहर चल्ने तथा प्रणालीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुने चेतावनी दिएको छ।

एनडब्लयुएसले भनेको छ, “भारी वर्षाबाट ठूलो बाढी र तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।” समुद्रमा करिब १० तले भवनको उचाइ जत्ति अर्थात् ३५ फिट (१०.७ मिटर) सम्मको लहरहरूले ‘अत्यन्त खतरनाक’ अवस्था सिर्जना गर्नेछ ।

आइतबार गुआममा सडकमा थोरै गाडीहरू मात्र देखिन्थे किनकि भारी वर्षा र बलियो हावाले टापुलाई प्रभावित पारिरहेको थियो ।

आँधी आउने भनिएको क्षेत्रकी ५५ वर्षीया पिन्की कुबाकुबले आफ्नो रेष्टुरेन्टको झ्यालहरू बन्द गर्दै भन्नुभयो, “म शनिबार बिहानै ५०० डलरको प्लाईउड किनेर ढोका तथा झ्यालहरूलाई थप मजबुत् पार्दैछु ताकि आँधीबाट संरचनामा कम क्षति होस् ।”

उहाँले एएफपीसँग भन्नुभयो, “म धेरै दिन घर बाहिर बस्न सक्दिनँ । यो मेरा लागि दुःखद् हुनेछ, किनकि म अहिले भर्खरै रोजगारी सुरु गरेको छु, हामीले अहिले जे कमाइरहेका छौँ त्यो भाडा, उपभोग्य सामान, कर्मचारी र अन्य सामग्रीका लागि मात्र हो। म आफैंलाई पनि तलब दिइरहेकी छैन।”

४८ वर्षीया कल सेन्टरकी कर्मचारी अरबेला पाउलिनोले भन्नुभयो, “मेरी छोरीहरूले मलाई डरलाग्दो हुनेछ भनिरहेका छन्, तर मैले सबै ठीक हुनेमा आशा गरिरहेकी छु ।”

“मेरो घर कङ्क्रीटको छ, त्यसैले सबैभन्दा खराब केही भएमा आँधीले झ्याल फुट्न सक्छ, अरू केही नहोला,” उहाँले भन्नुभयो ।

अर्की एक २५ वर्षीया जापानी पर्यटक मिकु सकुराईले आफ्ना साथीहरूसँग आइतबार टोकियो फर्कने तयारीमा ।हेको तर मौसमका कारण उनीहरूको उडान रद्द भएपछि त्रासबीच अलपत्र बनेको बताउनुभयो । “आँधी आउँदा हामी होटलमै बस्नेछौँ तर मलाई डर लागिरहेको छ,” उहाँले भन्नुभयो ।

गुआमको ‘तालोफोफो बे’मा रहेको एक समुद्र तटमा एक दर्जन जति सर्फरहरूले भने हावाको फाइदा उठाइरहेका थिए ।

“पानीमा धेरै धुलो र फोहोरे छ तर धेरै रमाइलो छ,” उनीहरूमध्ये एकले भन्नुभयो ।

प्रार्थना गर्दै

पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियानाको जनसङ्ख्या करिब ४० हजार छ भने नजिकैको गुआमको जनसङ्ख्या करिब एक लाख ७० हजार रहेको छ ।

मध्य अप्रिलमा यो क्षेत्रमा आएको सिन्लाकुले चक्रवातले गर्दा हजारौँ मानिसको बिद्युत् सोवालाई अवरूद्ध भएको थियो, रूखहरू ढलेका थिए, गाडीहरू लडेका थिए र भवनहरूको टिनको छाना उडाएको थियो ।

सन् २०२३ मा अर्को ठूलो आँधी ‘मावर’ले पनि ठूलो विनाश गरेको थियो।

आइतबार बिहानसम्म बावीले गुआम र साइपान (उत्तरी मारियानाको मुख्य टापु) को बीचमा पर्ने सानो टापु रोटा नजिकबाट गुजर्ने अनुमान गरिएको थियो।

“आवश्यक सावधानी अपनाएर हामी आफ्ना परिवार, छिमेकी र समुदायलाई जोगाउन सक्छौँ । हामी हाम्रा मानिसहरूको सुरक्षाको लागि प्रार्थना गर्छौं,” रोताका मेयर अउब्री होकोगले भन्नुभयो ।

संघीय आपतकालीन व्यवस्थापन निकायको टोली गुआममा खटिएको छ । उनीहरूको वितरण केन्द्रमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खाना, र छ हजार ७०० ओछ्यान र ९० जेनेरेटर तयारी अवस्थामा छन्।

टोलीले ‘उद्धार गर्न वा आश्रय खोज्ने’ समय घर्किँदै गएको’ बताएको छ । गुआमले विद्यालयहरूमा पाँच वटा उद्धार केन्द्र खोलेको छ जसको कुल क्षमता उक हजार ९०० छ । यो मुख्य रूपमा कमजोर घरहरूमा बस्नेहरूका लागि गरिएको व्यवस्थाका बन्दोबस्त हो ।

स्थानीय अधिकारी डेमन माइकल बोरजाले भन्नुभयो, उनीहरूले ‘मावर’ (विगतको आँधी) बाट धेरै पाठ सिकेका छन्” र अर्को सिन्लाकु नामक आँधी आउँदा राम्रो तयारी गरेका थिए ।

“मावरको बेला सबै ठाउँमा बिजुली र पानी फर्किन करिब तीन महिना लागेको थियोे भने सिन्लाकुमा करिब तीन हप्ता लागेको थियो,” उहाँले गुआमको आन्तरिक सुरक्षा मुख्यालयमा एएफपीसँगको कुराकानीमा भन्नुभयो ।

एल निनो

युरोपेली सङ्घको ‘कोपरनिकस मरिन सर्भिस’ले बुधबार विश्वका महासागरहरूमा अहिलेसम्मको रेकर्डमा सबैभन्दा तातो अनुभव गरेको रेकर्डभन्दा बढी तापक्रम बढ्ने अनुमान गरेका छन् ।

तातो महासागरले उष्णकटिबन्धीय आँधीहरूलाई झन् शक्तिशाली बनाउँछ र बढी आद्र्रता थप्छ जसले भारी वर्षा निम्त्याउँछ ।

विश्व मौसम सङ्गठनले शुक्रबारे सामान्यतया प्रत्येक दुई देखि सात वर्षमा अनुभव गरिने एल निनोको चेतावनी दिएको छ । यो नौ देखि १२ महिना रहन्छ र यो उष्ण प्रशान्त क्षेत्रमा पहिले नै सुरु भइसकेको आगामी दिनमा अझ बलियो हुने सम्भावना रहनेछ ।

यो प्राकृतिक जलवायु घटनाले मध्य र पूर्वी भूमध्यरेखामा प्रशान्त महासागरको सतहको तापक्रम बढाउँछ जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।  (रासस/एएफपी)