६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।