१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको एक करोडभन्दा बढी बक्यैेता असुल्न बाँकी



अ+ अ-

राजविराज । सप्तरीस्थित खानेपानी डिभिजन कार्यालयले रु एक करोडभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाएको छ । करिब ५६ वर्ष अघि स्थापना भएको उक्त कार्यालयमा ग्राहकले लामो सयमदेखि प्रयोग गरेको पानीको महशुल नर्तिदा रु एक करोड २१ लाख ८६ हजार २१७ बक्यौता असुल्न बाँकी रहेको सूचना अधिकारी प्रकाशचन्द्र गुप्ताले बताउनुभयो ।

कार्यालयका लेखा प्रमुख अजयबडियैत यादवका अनुसार लामो समयदेखि महशुल उठाउन बाँकी रहेका ग्राहकमध्ये राजविराज नगरपालिका–८ निवासी बिमला अर्यालकोे रु ७९ हजार, ८४०, बद्रीनारायण यादवको रू ७९ हजार ७४५, उदायबहादुर पाण्डेको रू ६२ हजार ५९०, अनिता भगतको २२ हजार ३५० र वडा नं ४ का राधादेवी साहको ३२ हजार ३५० लगायत छ ।

चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीबाट नगरपालिकाभित्र दुई हजार छ सय ग्राहकको घरमा पाइप जडान गरिएको छ तर पुरानो नक्साअनुसार बनाइएको पुरानो राजविराज नगरपालिका शहरमा नयाँ संरचनाअनुसार क्षेत्रफल बढेकाले एउटा ट्याङकीबाट सबै ग्राहकलाई समेटन नसक्ने सरोकारवालाको भनाइ छ ।

अहिले राजविराज नगर क्षेत्रभित्र खानेपानी कार्यालयले बिहान एकदेखि डेढ घण्टा र साँझ एक घण्टा पानी दिने गर्दछ । राजविराज बजार क्षेत्रमा अधिकांश ठाउँमा पानी तान्ने ट्युबेलसमेतम आइरनयुक्त पानी आउनाले पनि यहाँका जनता शुद्ध पानी पिउनबाट बञ्चित रहेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताउनुभयो ।