१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक



अ+ अ-

इस्ट रदरफर्ड । फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले स्टेडियम बाहिरको माहोलभन्दा फरक अनुभव अमेरिकन ड्रीम मलमा प्राप्त गरेका छन् ।

स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थकलाई लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएको छ । यहाँ प्रत्यक्ष साङ्गीतिक प्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको व्यवस्था गरिएको छ ।

इक्वेडरबाट आएका २९ वर्षीय समर्थक समीर रोड्रिगेजले यस्तो अनुभव आफूका लागि नयाँ भएको बताउनुभयो । उहाँले ल्याटिन अमेरिकामा फुटबल खेलअघि समर्थकहरू प्रायः सडक वा रङ्गशालामै भेला हुने गरे पनि अमेरिकामा भने सपिङ मल नै समर्थकको जमघट स्थल बनेको उल्लेख गर्नुभयो ।

मलमा कोका–कोलाद्वारा आयोजित सुटिङ प्रतियोगिता, मिनी गल्फ, फेस पेन्टिङलगायत गतिविधिमा समर्थकको उल्लेख्य सहभागिता देखिएको थियो । विभिन्न देशका समर्थकले राष्ट्रिय झण्डा बोकेर नाचगान गर्दै खेलअघि उत्सव मनाएका थिए । करिब दुई लाख ८० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अमेरिकन ड्रीम मलमा वाटर पार्क, मनोरञ्जन केन्द्र, रेस्टुरेन्ट तथा अन्तर्राष्ट्रिय ब्रान्डका पसल रहेका छन् ।

विश्वकप अवधिभर प्रशंसकलाई आकर्षित गर्न मलले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । जर्मनीका समर्थक माइकल कार्गले युरोपको फुटबल संस्कृतिभन्दा अमेरिकी अनुभव निकै फरक लागेको बताउनुभयो । उहाँले फुटबल रङ्गशालासँगै विशाल सपिङ मल र मनोरञ्जन केन्द्रको संयोजन आफूका लागि नयाँ अनुभव भएको उल्लेख गर्नुभयो ।

अर्का जर्मन समर्थक जेन्स जेनुवेनले पनि अमेरिकामा फुटबल प्रतियोगितालाई मनोरञ्जन, किनमेल र पारिवारिक गतिविधिसँग जोडिएको पाएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार युरोपमा समर्थक प्रायः पब वा रङ्गशालामा केन्द्रित हुने गर्छन् भने अमेरिकामा प्रतियोगितालाई फराकिलो मनोरञ्जन उत्सवका रूपमा प्रस्तुत गरिएको छ । रासस/एएफपी