६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप



अ+ अ-

काठमाडौं । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन् । भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो ।

गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो । सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ । सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताउनुभयो ।