२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित



अ+ अ-

काठमाडौं । टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ ।

मानव अधिकारबादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताउनु भएको छ । बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्ने सक्ने पनि उहाँले थप जानकारी दिनु भएको छ ।

विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताउनु भएको छ ।

उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।