१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गर्नुभएको उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कनुहुनेछ ।