१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका कृषकलाई अनुदान



अ+ अ-

सुर्खेत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपाङ्गता भएका सुर्खेतका कृषकलाई अनुदानस्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्न मन्त्रालयले रु तीन लाख ३० हजार अनुदान प्रदान गरेको हो ।

मन्त्रालय र अपाङ्ग समाज सुर्खेतबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अपाङ्ग समाजमा आबद्ध १० घरधुरीका कृषकलाई च्याउखेती गर्न चाहिने सामग्री खरीदका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आत्मनिर्भर अर्थतन्त्रका लागि समाजका सबै वर्ग समुदाय कृषि उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । “व्यावसायिक कृषि क्षेत्रमा सबैको आबद्धता जरुरी छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफैँ कमजोर महसुस गरी बस्नु हुँदैन, सक्दो काम गर्ने हो, त्यसले आफ्नो आम्दानीको स्रोतका साथै समाजमा इज्जत पनि बढाउँछ ।”

प्रदेश सरकारले किसानलाई प्रोत्साहित गरेर खाद्यान्न उत्पादनको अवस्थामा सुधार ल्याउन योजनाबद्ध क्रियाशील रहेको मन्त्री केसीले बताउनुभयो । मन्त्रालयले चालू आव ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकट जिल्लामा खाद्यान्न सङ्कट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताउनुभयो । “खाद्यान्न अभाव टार्न जमीन, मल, उन्नत बीउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ”, उहाँले भन्नुभयो ।