६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डाेनेसियामा बुधबारदेखि व्यापार मेला शुरू



अ+ अ-

काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबार देखि सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडि मा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गर्नुभएको हो ।

व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्री देखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ । मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् ।

उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए । मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागीता रहेको छ । मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताउनुभयो ।

इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागीता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठुलो लाभ लिन सक्ने बताउनुभयो । नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । मेला कात्तिक ३ गते सम्म चल्ने छ ।