१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारबाटै राष्ट्रपति भण्डारी जापान जाने



अ+ अ-

काठमाडौं । म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन्। भण्डारी म्यानमारबाटै जापान जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले जापानका नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्। जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ।

राष्ट्रपति भण्डारीले कात्तिक ३ गते म्यानमारबाट जपान प्रस्थान गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्नेछिन्। भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ। भण्डारी कात्तिक ६ गते नेपाल फर्कनेछिन्।

परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले बिहिबारसम्म भ्रमणबारे कुनै जानकारी नभएको बताएको थियो।