६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको काउन्टर तो’डफोड गर्ने सांसद साधारण तारेखमा रिहा



अ+ अ-

जनकपुर । बुद्ध एयरको जनकपुर विमानस्थलमा रहेको काउन्टर तो’डफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण तारेखमा रिहा गरिएको छ।

जिल्ला अदालत धनुषामा उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो। जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।

गत सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ अन्तर्गत तो डफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।