६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्छ”



अ+ अ-

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हुँदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन ।’’