९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना



अ+ अ-

चितवन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।”

सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताउनुभयो । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँको कथन थियो ।

पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याउनुभयो । रासस