३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल



अ+ अ-

बागलुङ। बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ ।

न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।

गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताउनुभयो ।

सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पालको जग्गा व्यवस्थापन, भवन, फोहर व्यवस्थापन, अस्पतालको सेवा सुविधालगायत विवरण अनुसार अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउन अस्पतालले निरन्तर सुधारका प्रयासमा यो नतिजाले थप हौसला प्रदान गरेको डा पौडेलको भनाइ छ ।

अस्पताल प्रशासनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै डा पौडेले उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै गलकोट नगरपालिकाको पनि सहयोग रहेको उल्लेख गर्नुभयो ।  रासस