३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशकी दिक्षा राईले काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आईतवारदेखि भएको प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौलसमूहमा दिक्षा फाइनलमा पुगेकी हुन् ।

सेमिफाइनलमा उनले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् । कुल तीन राउण्डको प्रतिष्पर्धामा प्रविनाले चुनौती दिने प्रयास गरे पनि सफल भइनन् । एक राउण्डमा दुई मिनेटको प्रतिष्पर्धा भएको थियो ।

दिक्षाले अब फाइनलमा गण्डकी निशा थापालाई चुनौती दिनेछिन् । पराजित भएकी प्रविना तेस्रो भइन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्पm ५७ देखि ६० केजी तौलसमूहमा लुम्बिनी प्रदेशका प्रलाद मल्ल, गण्डकी प्रदेशका विश्वास पौडेल, कोशी प्रदेशका दीपेश राई र गण्डकी प्रदेशका एवोन बास्तोलाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

दीपेशले वागमती प्रदेशका सुमितकुमार गैरेलाई र विश्वासले लुम्बिनी सम्राट केसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रल्हाद र एवोनले बाई पाएका हुन् । पुरुष ५१ देखि ५४ केजी तौलसमूहमा कोशीका सञ्जीव राई र गण्डकीका दीप्सन खत्री फाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा कोशीका सञ्जीवले वागमतीका आकृष पोडीलाई र दीपसनले वागमतीका याङ्गु तामाङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । ५४ देखि ५७ केजी तौलसमूहमा सुमिन जिसी स्वर्ण पदकका लागि स्थान बनाए । सुमिनले वागमतीका अपूर्व राईलाई हराए । ४८ देखि ५१ केजी तौलसमूहमा वागमतीका मन्दीप क्षेत्री र गण्डकीका रोहन भण्डारीले स्वर्णका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले प्रतियोगिताको उद्घाटन गरेका थिए । अध्यक्ष कक्षपतीले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले उल्लेखनीय प्रदर्शन गर्दै मुवाँथाई खेलको लोकप्रियता बढ्दै गएको बताए ।

यो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ १४ र महिलामा आठ तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष कक्षपतिले जानकारी दिए । सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछन् । कम्तीमा पाँच वटा फाइट खेलिसकेका खेलाडीले मात्र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

एक विभागीय टोली एपिएफसहित सात प्रदेशका कुल एक सय सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । १८ वर्षमाथिका खेलाडीले मात्र प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४८ केजीसमूहमा, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ७० केजी, ७२ केजी, ७६ केजी, ८२ केजी, ८६ केजी, ९१ केजी र ९१ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने भएका छन् ।

महिलामा भने ४८ केजी तौलसमूह, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी र ६६ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने संघले उल्लेख गरेको छ । हरेक तौलसमूहका विजेता खेलाडीले पदक पाउनेछन् ।–न्युज एजेन्सी नेपाल