४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो?



अ+ अ-

काठमाडौँ। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएकोप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोग सचिवालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै एमाले सांसद गुरु बरालले आपत्ति जनाउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने मन्त्रालय तथा निकायका विषयमा अर्थमन्त्रीमार्फत जवाफ दिलाउनु संसदीय अभ्यासविपरित रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले ती मन्त्रालय र निकायहरूको जिम्मेवारी औपचारिक रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो सबै मन्त्रालय र निकायको जिम्मेवारी हस्तान्तरण गरेको हो भने हामी त्यही ढंगले स्वीकार गर्छौँ । तर होइन भने त यो नियमलाई ठिक ढंगले बुझिदिनुप¥यो, चलन ठिक ढंगले चलाइदिनुपर्यो । सुविधाको चलन चलाएर अगाडि जान कसरी मिल्छ सभामुख महोदय ?’

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शिर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तोकेर संसदमा पत्रमा पठाउनुभएको थियो । –न्युज एजेन्सी नेपाल

तस्बिरः गोपाल दाहाल/ रासस