४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी



अ+ अ-

काठमाडौँ। काठमाडौँको नक्सालमा आजदेखि विपद् व्यवस्थापनसम्बन्धी सन्देश बोकेका कार्टुन कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकपा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा आजदेखि यहाँ कार्टुन कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमखु प्रदीपकुमार कोइरालाले जुनसुकै काम गर्दा पहिले विपद् बुझ्नुपर्नेमा जोड दिँदै कार्टुनमार्फत विपद्सम्बन्धी सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्ने बताउनुभयो ।

उहाँले स्कुल तहदेखि कलामार्फत विद्यार्थीलाई विपद्का बारेमा जानकारीसहित पूर्वतयारीका विषयमा बुझाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले कार्टुन हेरेर मानिसले सजिलै बुझ्ने बतउँदै यसलाई अझै प्रभावकारी बनाएर लैजानुपर्ने उल्लेख गर्नुभयो । यसका लागि प्राधिकरण कलाकारसँग सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्वजानकारी दिनुपर्नेमा जोड दिँदै त्यसको उपयुक्त माध्यम कला भएको बताउनुभयो । उहाँले आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा यस्ता कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले गत वर्षदेखि यो कार्यक्रम सुरु भएको जनाउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसपालिको प्रदर्शनीमा सबै गरेर ४६ वटा कार्टुन कला प्रदर्शनीमा राखिएका जानकारी दिनुभयो । उक्त प्रदर्शनी यही असार १० गतेसम्म जारी रहनेछ ।  रासस