२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
अ अ+ अ-

झापा। जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ र तीन ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागुऔषधसहित फेलापरेका मुख्य कारोबारीहरूमा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीया सरिता राजवंशी रहेका छन् ।

उनीहरूको साथबाट छ ग्राम ९० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ । यस्तै, बिर्तामोड नगरपालिका–६ बस्ने १८ वर्षीय देवेन्द्र विकको साथबाट एक ग्राम ४२० मिलीग्राम र बिर्तामोड–३ घर भई हाल वडा नं ४ मा डेरा गरी बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलीग्राम खैरो हेरोइन फेलापरेको छ ।

त्यसैगरी, प्रतिबन्धित गाँजा तीन ग्राम ९०० मिलीग्रामसहित बिर्तामोड नगरपालिका–४ बस्ने २६ वर्षीय चाल्स लिम्बू र वडा नं ३ बस्ने ३० वर्षीय उमेश राजवंशी पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ भन्ने सुरज ढकालको घर कोठा खानतलासी गर्दा २० ग्राम ४१० मिलीग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

चितवन भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने ६० वर्षीया सीता राजवंशीको साथबाट १० ग्राम ७७० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार नियन्त्रणमा लिइएका नौ जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिइएका अन्य लागुऔषध सेवनकर्ताहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको छ । रासस