१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसांसद साहले बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि पूर्वसांसद गायत्री साहले मेडिसीटि अस्पतालविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै आफ्नो बच्चा घर लगेकी छन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएपछि साहले अस्पतालको गलत काम भएको भन्दै बच्चा जिम्मा लिन मानेकी थिइनन् ।

पूर्वसांसद साहले २८ असोजमा मुद्दा दायर गर्दै अस्पतालविरुद्ध उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० बमोजिम क्षतिपूर्ति माग गरेकी छन् । मुद्दा प्रक्रियामा गइसकेको र पेशीमा चढ्न बाँकी रहेको अदालतले जनाएको छ ।

गएको फागुनमा उक्त अस्पतालमा साहले बच्चालाई जन्म दिएकी थिइन् । बच्चा घर नलगेपछि अस्पतालले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।