२३ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयका सहसचिव सुवेदी सचिवमा बढुवा



अ+ अ-

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन्। सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। सुवेदीलाई कामकाजका लागि पदस्थापना भने गरिसकिएको छैन।