१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ



अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ ।

आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै प्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले गण्डकी प्रदेशमा मात्रै करीब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गनुभयोे ।


सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्नुभयोे ।