काठमाडौं । प्रहरीले पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतबाट थप सात दिनको समय पाएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न थप समय दिएको हो।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरा १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।
महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो।
अदालतले असोज २८ गते उनलाई थप ३ दिन र कार्तिक ३ गते थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो।









